ग्लोबल


यात्रुलाई कोभिड सङ्क्रमण भएपछि दुई कम्पनीको उडान नै स्थगित

यात्रुलाई कोभिड सङ्क्रमण भएपछि दुई कम्पनीको उडान नै स्थगित

नेपालखबर
भदौ १, २०७८ मंगलबार २२:१२, काठमाडौँ

चीनको नागरिक उड्डयन नियामक निकायले यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि फिलिपिन्स एयरलाइन्स र कम्बोडिया एयरवेजको उडान स्थगित भएको घोषणा गरेको छ । 

चिनियाँ नागरिक उड्ययन प्राधिकरण (सीएएसी) का अनुसार यात्रुमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि मनिलादेखि तियानजिनसम्मको पीआर ३१४ नम्बरको उडान र नोम पेनदेखि चेन्दुसम्मको केआर ९६१ नम्बरको उडान २३ अगस्तदेखि दुई हप्तासम्मका लागि बन्द रहनेछ। 

अगस्त ४ गते यी दुबै स्थानबाट आएका विमानमा पाँच यात्रुमा सङ्क्रमण देखिएपछि चीनको नागरिक उड्डयन प्रशासनले मंगलबार आफ्नो वेबसाइटमा उक्त सूचना जारी गरी उडान रद्द गरिएको जनाएको छ।

सीएएसीले बताएअनुसार कुनै पनि एयरलाइन्सलाई उडानको मौलिक कोटा अन्य मार्गहरूमा स्थानान्तरण गर्न अनुमति दिइएको छैन। 

सीएएसी नयाँ कानूनी प्रावधानमा कोभिड–१९ सङ्क्रमण पुष्टि हुने यात्रुहरूको सङ्ख्या पाँच पुगेमा दुई हप्तासम्म उडान निलम्बन रहने छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad