भारतको तमिलनाडु राज्यको कुन्नुरमा सेनाको हेलिकोप्टर दुर्घटनामा दार्जिलिङको तकदा चिया कमाननिवासी सतपाल राईको पनि निधन भएको छ।
भारतीय सेनाको गोर्खा रेजिमेन्टमा हवलदार पदमा रहेका राई चिफ अफ डिफेन्स स्टाफ विपिन रावतका नीजि सुरक्षा अधिकारी थिए।
यो हेलिकोप्टर दुर्घटनामा सीडीएस विपीन रावत, उनकी पत्नी मधुलिकालगायत सेनाका अधिकारीहरूको मृत्यु भएको छ। हेलिकोप्टरमा कुल १४ जना सवार थिए, जसमध्ये १३ जनाको मृत्यु भएको छ।
सतपाल राईले बुधबार बिहान आफ्नो छोरा विकल राईलाई फोन गरेर तमिलनाडु गइरहेको जानकारी गराएका थिए। त्यही फोन कल बाबा–छोराबीच अन्तिम सम्वाद बन्यो।
सतपालका एक मात्र छोरा विकल पनि भारतीय सेनामा नै कार्यरत छन्।
सतपाल राईको पार्थिव शरीर शुक्रबार दार्जिलिङको तकदा ल्याइपुऱ्याइने तयारी छ।
मंसिर २२, २०७८, बुधबार
प्रतिक्रिया