ad ad

ग्लोबल


घानामा ठूलो विष्फोट, सयौं भवन ध्वस्त, कम्तीमा १७ जनाको मृत्यु

घानामा ठूलो विष्फोट, सयौं भवन ध्वस्त, कम्तीमा १७ जनाको मृत्यु

नेपालखबर
माघ ७, २०७८ शुक्रबार ९:३४, काठमाडौँ

पश्चिमी घानाको एक सहरमा भएको ठूलो विष्फोटमा परी धेरै भवनहरु ध्वस्त भएका छन्।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दिएको जानकारीअनुसार उक्त विष्फोटमा परी अहिलेसम्म कम्तीमा १७ जना मानिसको मृत्यु भएको छ।

यो सहर सुन खानीको लागि चर्चित थियो। 

प्रहरीका अनुसार बोगोसो र बावडीको बीचमा भएको यो ठुलो विष्फोट भएको हो। विष्फोटक पदार्थ बोकेको वाहन मोटरसाइकलसँग ठोक्किँदा यो दुर्घटना भएको हो।

स्थानीय मिडियाले सार्वजनिक गरेको तस्वीरमा ठूलो मात्रामा धुवाँको मुस्लो आइरहेको देख्न सकिन्छ। 

अहिलेसम्म कति मानिसको मृत्यु भएको भन्ने खुल्न सकेको छैन। घानाका राष्ट्रपति नाना अकुफो अड्डोले स्थितिलाई नियन्त्रणमा लिन आपतकालीन सहयोगको लागि सेना परिचालन गरिएको बताएका छन्। उनले यो घटना दुर्भाग्यपूर्ण र दुःखद् भएको उल्लेख गरेका छन्। 

प्रहरीले सहरमा रहेको सरकारी कार्यालय र चर्चहरु पीडित मानिसको लागि खुला गरिदिन आग्रह गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .