ग्लोबल


अमेरिकामा वृहत् नेपाली सम्मेलन हुँदै, कांग्रेस महामन्त्री शर्माले उद्घाटन गर्ने

अमेरिकामा वृहत् नेपाली सम्मेलन हुँदै, कांग्रेस महामन्त्री शर्माले उद्घाटन गर्ने

नेपालखबर
असार १७, २०७९ शुक्रबार १६:२०, काठमाडौँ

गैह्र आवासीय नेपाली महासंघ अमेरिकाको ११ औं सम्मेलन र तेस्रो ‘नलेज कन्भेन्सन’ यही जुलाइ ३ र ४ मा नर्थ क्यारोलिना राज्यमा हुँदैछ।

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्ने ११ औं सम्मेलनमा ११ फरक विषयमा विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

विज्ञान र प्रविधि, दिगो कृषि र प्राकृतिक श्रोत व्यवस्थापन, नेपालमा लगानीको क्षेत्र र संगठित लगानी, मास मिडिया र सामाजिक संजाल, सामाजिक विज्ञान र लोककल्याण, महिला, युवा र नेपाली संस्कृति, प्रविधि र पूर्वाधार अनि नेपालका लागि नेपाली डायस्पोराको भूमिका लगायतका विषयमा कार्यपत्र प्रस्तुति पस्चात गहन छलफल हुने एनआरएन अमेरिकाले जनाएको छ।

सम्मेलनमा एनआरएन आईसीसीका अध्यक्षहरु, विभिन्न देशमा रहेका एनआरएन नेतृत्व सँगै अमेरिकाका करिब चारसय प्रतिनिधिको सहभागिता रहने जनाइएको छ

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad