ग्लोबल


एलिजावेथको अन्त्येष्टिमा को को हुँदै छन् सहभागी?

एलिजावेथको अन्त्येष्टिमा को को हुँदै छन् सहभागी?

नेपालखबर
भदौ २९, २०७९ बुधबार १२:२५, काठमाडौँ

सोमबार बेलायती महारानी एलिजावेथको अन्त्येष्टि समारोह हुँदै छ। उनलाई अन्तिम श्रद्धाञ्जलि दिन विश्वभरका नेता तथा राजपरिवारका सदस्यहरु उपस्थित हुनेछन्। यो सभामा करिब पाँच सय सरकार प्रमुख र विदेशी प्रतिनिधिहरु आउन सक्ने अपेक्षा छ। 

अन्तिम श्रद्धाञ्जलि दिने कार्यक्रम वेस्टमिनस्टर एबीमा हुनेछ। जहाँ करिब २२ सय मानिस अटाउने क्षमता छ। 

यो सभामा युरोपेली राजकीय परिवारका सदस्यहरु सरिक हुनेछन्। उनीहरुमध्ये धेरैजना एलिजावेथको रगतको नाता भएका मानिसहरु छन्। नर्वे, स्वीडेन, नेदरल्याण्ड्स, डेनमार्क, बेल्जियम, स्पेनलगायतका मुलुकका राजकीय परिवारका सदस्यहरु श्रद्धाञ्जलि सभामा सहभागी हुनेछन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेन पनि यो सभामा सामेल हुनेछन्। उनका साथै फर्स्ट लेडी जिल बाइडेन पनि सभामा सरिक हुनेछिन्। यद्यपि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र बाराक ओबामा भने उक्त सभामा सहभागी हुन पाउने वा नपाउने भन्ने स्पष्ट भइसकेको छैन। 

कमनवेल्थ मुलुकका सरकार प्रमुखहरु पनि सोमबारको सभामा सामेल हुनेछन्। अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी कल्बानिजका साथै न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा आर्डेन र क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो पनि उक्त सभामा सामेल हुनेछन्। अन्य कमनवेल्थ मुलुकका शीर्ष नेताहरु पनि उक्त सभामा सरिक हुनेछन्। बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र श्रीलंकाका राष्ट्रपति रानिल विक्रमासिंघे पनि सभामा सामेल हुनेछन्। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी भने उक्त सभामा सामेल हुने वा नहुने भन्ने विषयमा अझै पनि निर्णय भइसकेको छैन। 

त्यस्तै अन्य नेताहरुमा जर्मनीका राष्ट्रपति फ्रान्क वाल्टर स्टेइमेयर, इटालीका राष्ट्रपति सर्जियो माटारेलाका साथै युरापेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयन पनि उक्त सभामा सरिक हुनेछिन्। 

दक्षिण कोरियाका राष्ट्रपति यून सुक येओल र ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो पनि उक्त सभामा सहभागी हुनेछन्।

चिनियाँ राष्ट्रपति सी चिनफिङको विषयमा भने केही आधिकारिक निर्णय आएको छैन। रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सभामा उपस्थितिको लागि निमन्त्रण पनि पठाइएको छैन। त्यस्तै बेलारुस र म्यानमारका पनि कोही पनि यो सभामा सहभागी हुने छैनन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad