ग्लोबल


अजरबैजानको सीमामा भएको झडपमा अर्मेनियाका १०५ सैनिकको मृत्यु

अजरबैजानको सीमामा भएको झडपमा अर्मेनियाका १०५ सैनिकको मृत्यु

नेपालखबर
भदौ ३०, २०७९ बिहिबार ८:२५, काठमाडौँ

गत सोमबारदेखि अजरबैजानसँगको सीमाक्षेत्रमा भएको झडपमा परी एक सयभन्दा धेरै अर्मेनियाका सैनिकको मृत्यु भएको छ।

अर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले बुधबार यस्तो जानकारी दिएका हुन्। अजरबैजानले पनि झडपमा परी आफ्ना ५० सैनिकको मृत्यु भएको बताएको छ। 

पूर्व सोभियत मुलुकहरुबीच लामो समयदेखि नागोर्नो–काराबखको विषयलाई लिएर उत्पन्न विवादले ठूलो रुप लिँदा उक्त झडप भएको हो। रुस र अमेरिकाले दुवै पक्षलाई शान्तिको लागि आग्रह गरेका छन्।

अर्मेर्नियाका प्रधानमन्त्री पाशिन्यानले संसदमा घटनाबारे जानकारी दिँदै अजरबैजानको सेनाले थप १० वर्गकिलोमिटरको भूमिमा आफ्नो अधिकार जमाएको पनि उल्लेख गरेका छन्। उनले अजरबैजानसँग लड्न रुससँग सहयोग मागेको पनि उल्लेख गरेका छन्। 

अजरबैजानले भने अर्मेनियाले लगाएको आरोप अस्वीकार गरेको छ। उसले सबैभन्दा पहिला अर्मेनियाको क्षेत्रबाट आक्रमण भएको बताएको छ। पछिल्लो दुई वर्षमा अर्मेनिया र अजरबैजानबीच भएको यो सबैभन्दा ठूलो झडप हो।

यसअघि रुसको मध्यस्थतामा यी दुई मुलुकबीचको युद्ध रोकिएको थियो। 

नागोर्नो काराबखलाई अन्तर्राष्ट्रिय समुदायले अजरबैजानको भूमिको रुपमा मान्यता दिए पनि त्यसमा अर्मेनियाले आफ्नो अधिकार जमाउँदै आएको छ।

सन् २०२० मा ६ सातासम्म चलेको युद्धपछि अजरबैजानले उक्त भूभागको ठूलो अंशमा पुनः आफ्नो अधिकार जमाएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad