जर्मनीका चान्सलर ओलाफ स्कोल्जले मंगलबार संयुक्त राष्ट्रसंघको आमसभामा युक्रेनको शान्तिको लागि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको शर्त स्वीकार गर्न नसकिने बताएका छन्।
उनले भने, ‘पुटिनले रुस र युक्रेनको विनाशको लागि पेश गर्ने सामाज्यवादी महत्वाकांक्षा त्यतिबेलासम्म छाड्ने छैनन् जबसम्म उनलाई यो युद्ध जित्न असम्भव छ भन्ने लाग्दैन।’
चान्सलर स्कोल्जले थपे, ‘यही कारण हामी शान्तिको लागि रुसी शर्त स्वीकार गर्दैनौं र त्यसैले युक्रेन रुसको आक्रमणको सामना गर्न सक्षम हुनुपर्छ।’
युक्रेनमाथि पुटिनको आक्रमण केवल युरोपका लागि मात्र नभई नियममा चल्ने विश्वव्यापी शान्ति व्यवस्थाको विनाश भएको उनले बताए।
उनले राष्ट्रसंघमा शक्तिशालीले कमजोरमाथि शासन चलाउने व्यवस्था चाहना मानिसबाट शान्ति व्यवस्थालाई जोगाउनुपर्ने बताए।
Shares
प्रतिक्रिया