ग्लोबल


इरानी नागरिकमाथिको इन्टरनेटमा प्रतिबन्ध हटाउने अमेरिकाको निर्णय

इरानी नागरिकमाथिको इन्टरनेटमा प्रतिबन्ध हटाउने अमेरिकाको निर्णय

नेपालखबर
असोज ८ , काठमाडौँ

अमेरिकाले इरानमाथि लगाइएकौ इन्टरनेट प्रतिबन्ध फकुवा गर्ने निर्णय गरेको छ।

इरानले मुलुकमा प्रतिबन्ध लगाएको इन्टरनेट प्रतिबन्धलाई जवाफ दिन अमेरिकाले यस्तो निर्णय गरेको हो। इरानमा प्रहरी हिरासतमा एक महिलाको मृत्यु भएसँगै आन्दोलन चर्किएको छ।

यस बारेको जानकारी धेरै मानिससम्म नपुगोस् भन्ने हेतुले इरानले इन्टरनेटमाथि प्रतिबन्ध लगाएको छ। 

‘हामी इरानका नागरिक संसारबाट एक्लो नहुन् र अँध्यारोमा बस्नु नपरोस् भनेर उनीहरुलाई सहयोग गर्न गइरहेका छौं’, अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले भने।

सफ्टवेयर कन्ट्रोलको नियम खुकुलो पारिएसँगै अब अमेरिकी कम्पनीले इरानमा आफ्नो सेवा प्रदान गर्न सक्छन्। 

एक वर्षदेखि चलिरहेको आन्दोलनमा इरानमा अहिलेसम्म कम्तीमा ३५ जनाको मृत्यु भएको छ। गत साता २२ वर्षीया महसा अमिनीलाई इरानको नैतिक प्रहरीले टाउको नछोपेको भन्दै पक्राउ गरेको थियो।

सो क्रममा उनको टाउकोमा प्रहरीले गरेको प्रहारको कारण उनी कोमामा पुगेकी थिइन्। प्रहरीले भने उनलाई टाउकोमा प्रहार गरेको कुनै प्रमाण नपाइएको र उनी हार्टअट्याकको कारण कोमामा पुगेको दाबी गरेको छ। 

यससँगै इरानमा सरकारविरोधी आन्दोलन चर्किएको छ। अमेरिकी विदेशमन्त्री ब्लिन्केनले अमेरिकाले इरानी नागरिकको आधारभूत अधिकारको सम्मान गर्दै आशिंकरुपमा प्रतिबन्ध हटाउने निर्णय गरेको बताए। उनले इरानको सरकार आफ्नै जनतासँग डराएको आरोपसमेत लगाए। 

ब्लिन्केनले घोषणासँगै अर्बपति इलोन मस्कले इरानमा स्टारलिंकको माध्यमबाट मानिसहरुलाई सेवा प्रदान गर्ने घोषणा गरेका छन्। स्टारलिंकले स्याटेलाइटको माध्यमबाट इन्टरनेट सेवा प्रदान गर्नेछ। 

असोज ८, २०७९, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad