ad ad

ग्लोबल


बाढी प्रभावित पाकिस्तानलाई एक करोड डलर सहयोग दिने अमेरिकाको घोषणा

बाढी प्रभावित पाकिस्तानलाई एक करोड डलर सहयोग दिने अमेरिकाको घोषणा

फाइल तस्बिर


नेपालखबर
असोज ११, २०७९ मंगलबार ११:४६, काठमाडौँ

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले खाद्य सुरक्षाको लागि पाकिस्तानलाई अतिरिक्त एक करोड अमेरिकी डलरबराबरको सहयोगको घोषणा गरेका छन्।

वासिङटनमा पाकिस्तानी प्रधानमन्त्री बिलावल भुट्टोसँगको भेटवार्तापछि बोल्दै ब्लिन्केनले यो कठिन समय रहेको र अमेरिकाले सधैं कठिन समयमा पाकिस्तानको सहयोग गर्दै आएको बताएका हुन्। 

उनले बाढी प्रभावित नागरिकलाई तत्कालै सहयोग नगर्ने हो भने यसले दूरगामी असर भोग्नुपर्ने भएकाले पाकिस्तानलाई सहयोग घोषणा गरिएको बताए। 

अहिलेसम्म अमेरिकाले बाढी पीडितको लागि पाँच करोड ५० लाख डलरको सहायता प्रदान गरिसकेको छ। यस्तोमा थप एक करोड डलर सहयोग घोषणा गरिएको हो।

पाकिस्तान र अमेरिकाबीच द्विपक्षीय सम्बन्धको विषयमा कुरा गर्दै ब्लिन्केनले राजनीतिक तथा सार्वजनिक सम्बन्ध बलियो रहेको बताएका छन्। 

ब्लिन्केनले दुई मुलुकको सम्बन्ध पनि सुधार गर्नुपर्ने बताए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .