वरिष्ठ न्युरो सर्जन डा. यामबहादुर रोकाका ६ वटा कविता संग्रह शनिबार एकसाथ विमोचन गरिएको छ।
हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा एक कार्यक्रमका बीच वरिष्ठ कवि तुलसी दिवस र डा. रोकाले संग्रहहरु विमोचन गरेका हुन्।
प्रत्येक संग्रहमा १ सय ८ कविता छन्। रोकाका कविता संग्रहरको भाग ३, ४, ५, ६, ७ र ८ सार्वजनिक गरिएको हो। भाग १ र २ यस अगाडि नै सार्वजनिक भईसकेकाछन्।
शनिबार विमोचन गरिएका संग्रहबाट कवि निर्मल तामाङ, सविता गौतम दाहाल, सुयम रोकाले कविता वाचन गरेका थिए। कार्यक्रममा कवि सुमन पोखरेल, प्राज्ञ विवश पोखरेल, आरोहण विराटनगरका अध्यक्ष भैरव क्षेत्री लगायतको उपस्थिती थियो।
संग्रहहरु फिनिक्स बुक्सले प्रकाशन गरेको हो। न्युरो सर्जरीका क्षेत्रमा स्थापित सर्जन डा. रोका सुप्रबल जनसेवाश्री पदकबाट सम्मानित व्यक्ति हुन्।
असोज ११, २०७९, मंगलबार
प्रतिक्रिया