नयाँ दिल्लीस्थित ‘थिंक ट्यांक अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ)’ ले गरेको एक सर्वेक्षणअनुसार सन् १९४७ मा भारत स्वतन्त्र भएयता रुस भारतको सबैभन्दा भरपर्दो साझेदार मानिएको छ।
भारतका १९ शहरमा गरिएको राष्ट्रिय सर्वेक्षणमा पाँच हजार सहरी युवाको नमूना समावेश गरिएको थियो।
युवा भारतीयले विभिन्न प्रश्नको जवाफ दिँदै देशको विदेश नीतिलाई सकारात्मक रूपमा मूल्याङ्कन गरेका छन्।
उत्तरदाताले रूसलाई स्वतन्त्रतापछिको भारतको सबैभन्दा भरपर्दो साझेदार (४३ प्रतिशत) को रूपमा उल्लेख गरेका छन्।
हर्ष भी पन्त, प्रेमेश साह र अन्यद्वारा लिखित ‘ओआरएफ फरेन पोलिसी सर्भे २०२२ः इन्डिया एट ७५ एन्ड द वल्र्ड’ले संयुक्त राज्य अमेरिकालाई २७ प्रतिशतले पछ्याएको छ।
यसै वर्षको सुरुमा युक्रेन द्वन्द्व सुरु भएदेखि नै रूससँगको भारतको द्विपक्षीय सम्बन्ध प्रतिबन्धग्रस्त मस्कोबाट तेल आयातमा भएको वृद्धिका कारण भारत पश्चिमा मुलुकको निगरानीमा आएको छ।
युक्रेनमा आठ महिनाभन्दा बढी समयदेखि जारी युद्धले विश्वव्यापी खाद्य सुरक्षामा महत्वपूर्ण प्रभाव पारेको छ र कच्चा तेलको मूल्यमा अचानक वृद्धि भएको छ। रासस/एएनआई
Shares

प्रतिक्रिया