ग्लोबल


अमेरिकामा गोली चल्यो, तीन फुटबल खेलाडीको मृत्यु

अमेरिकामा गोली चल्यो, तीन फुटबल खेलाडीको मृत्यु

नेपालखबर
कात्तिक २९, २०७९ मंगलबार ७:५३, काठमाडौँ

अमेरिकामा अन्धाधुन्ध गोली आक्रमणमा परी युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टोलीका तीन सदस्यको मृत्यु भएको छ। भर्जिनियाको कार्लोट्सभिल्लेमा घुमघामबाट फर्किएका विद्यार्थी चढेको बसमा अन्धाधुन्ध गोली आक्रमण भएको हो।  

युनिभर्सिटी प्रहरीले दिएको जानकारीअनुसार यो घटनामा संलग्न रहेको आरोपमा २२ वर्षीय एक विद्यार्थी पक्राउ परेका छन्।

स्थानीय समयअनुसार आइतबार राति साढे १० बजे उक्त आक्रमण भएको हो। आक्रमणको घटनासँगै विद्यालयको प्रशासनले सामाजिक सञ्जाल ट्वीटरमार्फत मानिसहरुलाई सुरक्षित स्थानमा लुक्न सुझाव दिएको थियो। यो चेतावनी रातभर र बिहानसम्म पनि जारी राखिएको थियो।

मृत्यु हुने विद्यार्थीहरुमा डोभिन चान्डलर, लाभेल डेभिस र डेसेन पेरी छन्।

उनीहरुमध्ये दुईजनाको घटनास्थलमा नै र एकजनाको उपचारको क्रममा अस्पतालमा ज्यान गएको प्रहरीले बताएको छ।

यो घटनामा परी थप दुईजना घाइते भएका छन्। जसमध्ये एकजनाको अवस्था गम्भीर छ भने अर्का एकजनाको अवस्था सामान्य रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad