ad ad

ग्लोबल


दशकौँको प्रतीक्षापछि अनवर इब्राहिम बने मलेसियाको प्रधानमन्त्री

दशकौँको प्रतीक्षापछि अनवर इब्राहिम बने मलेसियाको प्रधानमन्त्री

नेपालखबर
मंसिर ८, २०७९ बिहिबार १६:१९, काठमाडौँ

मलेसियाका पाका विपक्षी नेता अनबर इब्राहिम अन्ततः मुलुकको प्रधानमन्त्री बनेका छन्। आम चुनावयताका कयौँ दिन लामो अनिश्चितता तोड्दै राजा सुल्तान अब्दुल्लाह अहमद शाहले उनलाई प्रधानमन्त्री नियुक्त गरेका हुन्।

गत सप्ताहन्तमा भएको चुनावमा मलेसियामा कसैको पनि बहुमत आएको थिएन। त्यसैले अनवर र उनका प्रतिस्पर्धी मुहिद्दिन यासिन दुवै बहुमत कायम गर्नबाट चुके।

यद्यपि अनवरको पाकातन हरपन पार्टीले संसदको सबैभन्दा बढी सिट जित्यो। अनवरले ककसको सत्ता गठबन्धन बनाउँछन्, अझै स्पष्ट छैन।

जे भए पनि अनवरको प्रधानमन्त्री बन्ने दशकौँ लामो प्रयास पुरा भएको छ। २५ वर्षअघि उनलाई महाथिर मोहम्मदको उत्तराधिकारीको रुपमा हेरिएको थियो। त्यतिबेला अनवर तीव्र गतिमा उदाउँदो नेता थिए।

तर, त्यतिबेला प्रधानमन्त्री बन्नुको सट्टा उनी जेल गए। कारण– महाथिरसँगको मनमुटाव। उनलाई भ्रष्टाचार र समलैंगिक यौन सम्बन्ध कायम राखेको आरोपमा जेल हालियो। 

२००४ मा सो सजाय उल्टियो र उनी राजनीतिमा फर्किए। त्यसपछि आफ्नै पार्टी सुरु गरेका उनले २०१३ मा सत्तारुढ पार्टीलाई झण्डै हराइदिए। 

तर, फेरि उनीमाथि समलैंगिक यौन सम्बन्धको आरोप लगाएर २०१५ मा जेल हालियो।

तर, प्रधानमन्त्री नाजिब रज्जाकविरुद्धको असन्तुष्टि चुलिँदै गयो। त्यसपछि अवकाश लिएर राजनीतिमा फर्केका महाथिरले अनवरसँग हात मिलाए र मिलेर सत्तारुढ पार्टीलाई २०१८ मा हराए। राजाले उनलाई माफी दिए।

महाथिरले प्रधानमन्त्री पद अनवरलाई दिने सहमति भएको थियो। तर, २०२० मा सो सहमति भंग भयो र पद उनको हातबाट चिप्लियो।

यद्यपि, ७५ वर्षको उमेरमा उनले आफ्नो सपना पुरा गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .