ad ad

ग्लोबल


नरेन्द्र मोदीकी १०० बर्षीया आमा हीराबेनद्वारा मतदान

नरेन्द्र मोदीकी १०० बर्षीया आमा हीराबेनद्वारा मतदान

फाइल।


नेपालखबर
मंसिर २०, २०७९ मंगलबार ८:३६, काठमाडौँ

प्रधानमन्त्री नरेन्द्र मोदीकी आमा हीराबेन मोदीले गुजरात विधानसभा चुनावको दोस्रो चरणका लागि सोमबार मतदान गरेकी छिन्।

सय वसन्त पार गरेकी हीराबेनले गान्धीनगरको रायसन प्राथमिक विद्यालयमा मतदान गरेकी हुन्। साथै, भारतीय प्रधानमन्त्री मोदीले अहमदाबादको निशान पब्लिक स्कुलमा मतदान गरेका छन्। 

यसैबीच, प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमा हीराबेनलाई गान्धीनगरस्थित उनको निवासमा भेट गरेका थिए।

भेटमा लिएको एक तस्वीरमा प्रधानमन्त्री मोदीले आफ्नी आमाको खुट्टा ढोगेकोे देखिएको छ। प्रधानमन्त्री मोदीले आइतबार आफ्नी आमाको छेउमा बसेर साँझको चिया पनि र्लिका थिए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नी आमा हीराबेनको १०० औं जन्मदिनको अवसरमा गत जुन १८ मा पनि छोटो भेट गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .