भारत-नेपाल सीमा पानीट्याङ्कीबाट ब्राउन सुगरसहित एक नेपाली नागरिक पक्राउ परेका छन्।
सोमबार साँझ सशस्त्र सीमा बल (एसएसबी)-को ४१ औं बटालियनका जवानहरूले भारतबाट नेपाल छिरिरहेका रमेश राणा उर्फ दिपेन (25) नाम गरेका युवकलाई ब्राउन सुगरसहित पक्राउ गरेको बताइएको छ।
एसएसबीका अनुसार पक्राउ परेका नेपाली युवक इलाम जिल्लाको गोला खर्कनिवासी हुन्। पक्राउ परेका युवक र बरामद गरिएको ब्राउन सुगरलाई एसएसबीले नक्सलबारी थानालाई सुम्पेको छ।
मङ्गलबार एसएसबी ४१ औं बटालियनका कमान्डेन्ट राजीव राणाले जानकारी गराएअनुसार गोप्य सूचनाको आधारमा एसएसबीले सीमा स्तम्भबाट तीन सय मिटर टाढ़ा रमेश राणालाई दुई सय ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।
पक्राउ परेका यी नेपाली नागरिकबाट एक हजार ३५ रूपैयाँ भारतीय मुद्रा र ९ हजार ९ सय ११ रूपैयाँ नेपाली मुद्रासहित एक पल्सर बाइक पनि बरामद गरिएको कमान्डेन्ट राणाले बताएका छन्।
प्रतिक्रिया