रसियाले गरेको आक्रमण एक वर्ष पुग्नै लाग्दा युक्रेन सरकारका अधिकारीबीच विवाद बढेको छ।
खासगरी भ्रष्टाचारको मुद्दालाई लिएर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रक्षा मन्त्री एलेक्सी रेजनिकोभबीच विवाद चर्किएको हो।
रक्षा मन्त्रालयमा भ्रष्टाचार भएको आरोपपछि जेलेन्स्कीले रेजनीकोभलाई हटाउने तयारी गरेका छन्।
राष्ट्रपतिका संसदीय ब्लकका प्रमुख डेभिड अराखामियाले बताए अनुसार अब सैन्य इन्टेलिजेन्स एजेन्सीका प्रमुख किरिलो बुडानोभलाई रक्षामन्त्री बनाउने तयारी भएको छ।
उनले रेजनिकोभ स्ट्रेटजिक इन्डस्ट्री मन्त्रीका रूपमा सरकारमै रहनेछन्। तर यो हेरफेरबारे अझै टुंगो लागेको छैन।
मन्त्रालय फेरबदल गरिने चर्चाबारेमा रक्षा मन्त्री ओलेक्सी रेजनिकोभले अहिलेसम्म केही प्रतिक्रिया दिएका छैनन्।
समाचार अनुसार रक्षा मन्त्रालयको भ्रष्टाचार सामान खरिदसँग जोडिएको छ। तर व्यक्तिगत रुपमा यसमा रेजनिकोभ संलग्न भएको आरोप लागेको छैन। तर उनकै उपपमन्त्रीले भने राजीनामा दिइसकेका छन्।
यसअघि उनले आइतवार एक समाचार च्यानललाई बताएअनुसार उनको देश रूसमा नयाँ सिराबाट आक्रमण गर्न तयार रहेको छ।
अर्कातिर राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पूर्वी युक्रेनको डोनेत्स्क इलाकामा भीषण लडाइँ भइरहेको बताएका छन्। त्यहाँको अवस्था संकटपूर्ण रहेको उनले बताएका छन्। त्यस क्षेत्रमा रुसले अझै शक्तिशाली आक्रमणका लागि रुस तयार रहेको सूचना पनि खुलाएका छन्।
उनका अनुसार रूसको नयाँ हमला यसै महिना हुन सक्नेछ। अधिकारीहरुका अनुसार अहिले नियन्त्रणमा नरहेका पूर्वी डोनबास क्षेत्रका बाँकी भागमा पनि रुसले कब्जाको योजना बनाइरहेको छ।
प्रतिक्रिया