ad ad

ग्लोबल


टर्की भूकम्पमा १२ सय बढी मानिसको मृत्यु, २८ सय १८ भवन भत्किए (अपडेट)

टर्की भूकम्पमा १२ सय बढी मानिसको मृत्यु, २८ सय १८ भवन भत्किए (अपडेट)

भूकम्पपछिको दृश्य। तस्बिर : Getty Image/CNN


नेपालखबर
माघ २३, २०७९ सोमबार १६:३५, काठमाडौँ

टर्कीमा सोमबार गएको भूकम्पमा परी मर्नेको संख्या १२ सय नाघेको छ। 

एजेन्सीहरुका अनुसार टर्किस राष्ट्रपति रेसेप एर्डोगानले टर्कीमा मात्रै कम्तीमा ९१२ जनाको मृत्यु भएको बताएका छन्। 

यता सिरियामा सोही भूकम्पमा परी कम्तीमा ३२० जनाको मृत्यु भएको छ। भूकम्प दुई देशको सीमानजिकै गएको थियो। 

७.८ रेक्टर स्केलको भूकम्पमा परी कुल १२ सय बढीको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ। टर्किस राष्ट्रपति एर्डोगानका अनुसार कम्तीमा ५ हजार ३ सय ८३ जना टर्कीमा मात्रै घाइते भएका छन् भने सिरियामा पनि दर्जनौँ घाइते हुनपुगेका छन्। 

सन् १९३९ यताकै ठूलो क्षति भएको राष्ट्रपति एर्डोगानले जनाएका छन्। उनका अनुसार भूकम्पमा २ हजार ८ सय १८ भवन भत्किनपुगेका छन्।

टर्की र सिरियामा गएको भूकम्पको केन्द्रविन्दु दक्षिण पूर्वी टर्कीको गाजियान्टेप सहरमा थियो। यसको धक्का सिरिया, लेबनान, साइप्रस र इजरायलसम्म महशुस गरिएको थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .