ad ad

ग्लोबल


इजलासमै चितुवा छिरेपछि न्यायाधीश र वकिलको भागाभाग, तीनजनालाई टोक्यो

इजलासमै चितुवा छिरेपछि न्यायाधीश र वकिलको भागाभाग, तीनजनालाई टोक्यो

नेपालखबर
माघ २५, २०७९ बुधबार १७:५०, काठमाडौँ

भारतको उत्तरप्रदेश राज्यस्थित गाजियाबाद अदालत परिसरमा बुधबार दिउँसो एउटा चितुवा छिरेर आतंक मच्चाएको छ। 

चितुवाले अदालतको पुरानो भवननजिकै एकजना वकिल र दुईजना जुत्ता पालिस गर्नेहरुलाई गम्भीर घाइते हुने गरी टोकेको छ। 

चितुवाले जुत्ता पालिस गर्ने एकजना व्यक्तिको कानमा झम्टिएको छ। उनी गम्भीर घाइते भएका छन्। 

चितुवा छिरेपछि पुरानो भवनका सबै इजलास खाली गरिएको थियो। यो चितुवा करिब ३५ मिनेटसम्म इजलासमा बसेको थियो। 

इजलासमा चितुवाले अड्डा जमाएपछि न्यायाधीश, वकिल र मुद्दासम्वद्ध व्यक्तिहरु भागेर ज्यान बचाएका थिए। 

घटनाको एक भिडिओ पनि सामाजिक सञ्जालमा आएको छ। यो भिडिओमा चितुवा अदालतमा रहेको फलामको ग्रिलनजिकै बसेको देख्न सकिन्छ।

घटनापछि वन विभागको टोली चितुवाको उद्धारमा पुगेको थियो। करिब १२ जनाको टोली जाल, पिञ्जडा बोकेर त्यहाँ पुगेको थियो। 

चितुवा अदालतभित्र पसेपछि बाहिर अदालतका कर्मचारी, न्यायाधीश, वकीलसमेत सयौँ मानिस जम्मा भएका थिए। अहिले वन विभागको टोली छिरेर चितुवालाई नियन्त्रणमा लिँदैछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .