टर्की र सिरियामा गएको विनाशकारी भूकम्पबाट ज्यान गुमाउनेहरुको संख्या २४ हजार नाघेको छ। उद्धारकर्ताहरु चौबीसै घण्टा उद्धारमा खटिरहेका छन्।
टर्कीमा मृतकको संख्या २० हजार ६६५ पुगेको छ।
सो मुलुकमा ९३ हजार भूकम्पपीडितलाई देशको दक्षिणी क्षेत्रमा सारिएको सरकारले बताएको छ।
उद्धारमा १ लाख ६६ हजार मानिस परिचालन गरिएको जनाइएको छ।
सिरियामा ३ हजार ५ सय भन्दा बढीको ज्यान गएको खबर छ।
दुवै देशमा गरी तत्काल ८ लाख ७० हजार मानिसलाई खाद्यान्नको आवश्यकता रहेको बताइएको छ।
सिरियामा मात्र ५३ लाख मानिस घरबारविहीन हुनसक्ने राष्ट्रसंघले बताएको छ। एजेन्सी
24
Shares

प्रतिक्रिया