ग्लोबल


चीनको संसद् अधिवेशन : राष्ट्रपतिमा सी अनुमोदन हुने, प्रधानमन्त्री र मन्त्री फेरिने

चीनको संसद् अधिवेशन : राष्ट्रपतिमा सी अनुमोदन हुने, प्रधानमन्त्री र मन्त्री फेरिने

नेपालखबर
फागुन २०, २०७९ शनिबार २१:१,

चीनको सरकारमा यो वर्ष ठूलो परिवर्तन हुँदैछ। आइतबारबाट सुरु हुने राष्ट्रिय जनकंग्रेस (संसद)को अधिवेशनले राष्ट्रपतिमा सी चिनफिङको तेस्रो कार्यकाललाई अनुमोदन गर्नेछ।

अधिवेशनले प्रधानमन्त्रीसहित सरकारका उच्च पदहरुमा व्यापक हेरफेर गर्नेछ। मन्त्रिपरिषदसहित पार्टी र राज्यका अन्य संस्थाहरुमा नियुक्ति पाउने नेतातर्फ धेरैको ध्यान केन्द्रित छ।

सी माओ चेतुङपछिको सबैभन्दा शक्तिशाली चिनियाँ नेता हुन्। कम्युनिस्ट पार्टीको गत अक्टोबरमा भएको महाधिवेशनबाट उनी अभूतपूर्व तेस्रो कार्यकालका लागि महासचिवमा चयन भएका थिए। 

प्रधानमन्त्री ली खछ्याङले अवकाश लिएका छन्। उनको ठाउँ ली चियाङले लिनेछन्। उनलाई महाधिवेशनले स्थायी समितिमा सीपछिको दोस्रो वरियतामा राखेको छ। सी चेचियाङ प्रान्तको पार्टी प्रमुख हुँदा २००४ मा ली उनको चिफ अफ स्टाफ थिए।

अधिवेशनले चीनको यो वर्षको आर्थिक लक्ष्य पनि तय गर्नेछ।

आर्थिक नीति हेर्ने जिम्मेवारीसहित हे लिफेङ उपप्रधानमन्त्री हुने चर्चा छ। मुलुकको अर्थतन्त्र र प्रविधि क्षेत्र हेर्ने तथा राष्ट्रिय सुरक्षा मामिला हेर्ने टोली पनि परिवर्तन हुँदैछ। 

शनिबार नै चीनको राजनीतिक सल्लाहकार समिति चाइनिज पिपुल्स पोलिटिकल कन्सलटेटिभ कन्फ्रेन्सको अधिवेशन सुरु भइसकेको छ। 

वार्षिक रुपमा हुने यी दुई अधिवेशनलाई दुई सत्र भन्ने गरिन्छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .