थाइल्यान्डका राजाले आफ्नी छोरीलाई दुई तारे जर्नेलको पदवीसहित सेनामा नियुक्त गरेका छन्। राजकुमारी श्रीवन्नाभारी नारीरत्न राजकन्या शाही थाइ सेनाको मेजर जनरल बनेकी हुन्।
राजा महा वजिरलंगकर्णले अप्रिल १ देखि लागू हुनेगरी ३६ वर्षीया छोरीलाई सेनामा नियुक्त गरेको राजपत्रमा उल्लेख छ।
उनी पेसाले फेसन डिजाइनर हुन्। पेरिसबाट उनले फेसन डिजाइनिङमा स्नातक पुरा गरेकी हुन्। उनको आफ्नै फेसन ब्रान्ड समेत छ।
उनलाई राजकुमारी सिरी भनेर चिनिन्छ। पछिल्लो एक अन्तर्वार्तामा उनले आफू मेहनती भएको र दरबारमा बसिराख्ने युवती नभएको बताएकी थिइन्।
‘म एकदम सफल डिजाइनर बन्न चाहन्छु। मसँग योजना पनि छ। म लडाकु स्वभावको छु। म आफ्ना डिजाइन डिपार्टमेन्ट स्टोर र पसलहरुमा हुन् भन्ने चाहन्छु,’ उनले भनेकी थिइन्, ‘एउटी राजकुमारीले पनि काम गर्न सक्छे भन्ने म देखाउन चाहन्छु। म काम गर्न चाहन्छु।’
उनी राजाकी कान्छी छोरी हुन्। उनकी जेठी दिदी बज्रकित्याभा नरेन्दिरा दिव्यवती मुटुसम्बन्धी एक समस्याका कारण गत वर्षदेखि नै अस्पतालमा अचेत छिन्।
राजाका तीन पत्नीबाट सात सन्तान छन्। एजेन्सी
Shares
प्रतिक्रिया