भारतको ओडिशा राज्यअन्तर्गत बालाश्वरमा कोइलाले भरिएको मालगाडी रेलमा आगलागी भएको छ।
शुक्रबारदेखि रुप्सा रेलवे स्टेशनमा रोकिएको मालगाडीमा शनिबार बिहान आगलागी भएको हो। रेलवे कर्मचारीले बोगीबाट धुवाँ निस्किरहेको देखेपछि तत्काल बालेश्वर दमकललाई फोन गरेका थिए।
लगत्तै पुगेको दमकलले आगो निभाएको भारतीय सञ्चार माध्यमले जनाएका छन्।
आगलागी कसरी भयो भनेर रेलवेले अनुसन्धान गररहेको बताइएको छ।
चार दिनअघि मात्रै बालाश्वरमै २८८ जनाको ज्यान रेल दुर्घटना भएको थियो। स्टेसनमा रोकिइराखेको मालगाडीमा कोरोमण्डल रेल र त्यसपछि बेंगलरु-हावडा रेल एकसाथ ठोक्किएपछि उक्त दुर्घटना भएको थियो।
9
Shares

प्रतिक्रिया