ग्लोबल


आबुधावीमा निधन भएका तीन नेपालीको पहिचान खुल्यो

आबुधावीमा निधन भएका तीन नेपालीको पहिचान खुल्यो

नेपालखबर
माघ ३, २०७६ शुक्रबार १३:१२,

बिहीबार संयुक्त अरब इमिरेट्स (युएई)को आबुधावीमा भएको मिनीबस दुर्घटनामा मृत्यु भएका तीन नेपाली महिलाको सनाखत भएको छ।

आबुधावीस्थित नेपाली दूतावासका अनुसार मृत्यु हुनेमा बाराकी अमिसा मोक्तान तामाङ (राहदानी नं. ९६७८४७५), झापाकी कृष्णकुमारी अधिकारी (राहदानी नं. ८५७२३९४) र प्युठानकी भावना कुँवर (राहदानी नं. ७२०१८१९) रहेका छन्।

रोकिराखेको लरीमा १७ नेपालीसहित २५ जना सवार मिनीबस ठोक्किएर दुर्घटना भएको होे। दुर्घटनामा ६ जनाको मृत्यु भएको थियो। मृतक ५ महिला र १ पुरुष रहेका त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। मर्नेमा एक श्रीलंकाली र अर्को पाकिस्तानी नागरिक भएको बताइएको छ। मृतक पुरुष पाकिस्तानी नागरिक मिनीबस चालकसमेत रहेको युएइका सञ्चार माध्यमहरुले जनाएका छन्। दुर्घटनाग्रस्त मिनीबसमा २४ महिला र एक पुरुष चालक रहेका थिए।

एमबीएम ग्रुप अन्तर्गत हाउस क्लिनरका रुपमा कार्यरत मजदुरहरुलाई कामका लागि लैजाँदै गरेको कम्पनीको गाडी दुर्घटनामा परेको हो।

आबुधावी दुर्घटनामा तीन नेपाली महिलाकाे मृत्यु भएकाे र थप केही नेपाली महिला घाइते भएका नेपाली दूतावासले बिहीबार नेपालखबरलाई जानकारी दिएकाे थियाे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad