राजनीति


सशस्त्र डीएसपी रामकृष्ण महर्जनलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’

सशस्त्र डीएसपी रामकृष्ण महर्जनलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’

नेपालखबर
माघ ३, २०७६ शुक्रबार १३:४५,

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले चौथो समुहको ‘एपीएफ कमाण्ड तथा स्टाफ कोर्ष’को समापन गरेका छन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा आयोजित विशेष समारोहमा महानिरीक्षक खनालले सो कोर्षमा सर्वोत्कृष्ट हुन सफल सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई ‘बेस्ट कमाण्ड एण्ड स्टाफ कोर्ष अवार्ड’ प्रदान गरे।

सो अवसरमा त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन प्राडा शिवलाल भुसालले सशस्त्र प्रहरी नायव उपरीक्षक रामकृष्ण महर्जनलाई वेष्ट एकेडेमीक अवार्ड’ प्रदान गरे। सशस्त्र प्रहरी महानिरीक्षक खनाल तथा प्राडा भुसालले उक्त विशेष समारोहमा एपीएफ कमाण्ड तथा स्टाफ कलेज जर्नलको लोकार्पण समेत गरे।

यसैगरी सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी उपरीक्षक किरण ढुंगानालाई ‘बेष्ट रिसर्च अवार्ड’ प्रदान गरे। सशस्त्र प्रहरी महानिरीक्षक खनालले सो अवसरमा उक्त कोर्ष पश्चात मध्यम तहका एपीएफ अधिकृतहरु भोलीका दिनमा व्यावसायिक क्षेत्रमा कुशल क्षमताकासाथ कार्यसम्पादन गर्न सक्षम रहने विश्वास व्यक्त गरे। उनले कार्यक्षेत्रमा आउन सक्ने सुरक्षा चुनौतीको सामना गर्न सो कोर्ष फलदायी रहने चर्चा गर्दै भविष्यमा संगठनको नेतृत्व तहमा पुग्न समेत उक्त कोर्ष उपयोगी रहने बताए।

कार्यक्रममा एपीएफ कमाण्ड तथा स्टाफ कलेजका समादेशक सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रविणकुमार श्रेष्ठले स्वागत मन्तव्य तथा सो कोर्षको विविध पक्षमाथि प्रकाश पार्दै उक्त कोर्ष त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायमा सुरक्षा, विकास तथा शान्ति अध्ययनमा स्नातकोत्तर रहेको बताए। गत साल असोज २१ गतेबाट सञ्चालित १६ महिना अवधिको सो कोर्षमा ३ जना सशस्त्र प्रहरी उपरीक्षक र ८ जना सशस्त्र प्रहरी नायव उपरीक्षक गरी कुल ११ जना अधिकृतहरु सहभागी रहेका थिए।

सो कोर्षमा सहभागी अधिृकतहरुलाई स्टाफ ड्युटीज, इन्टेलिजेन्स, द्वन्द्व व्यवस्थापन, सुरक्षा, विकास, शान्ति, मानवअधिकार, अन्तर्राष्ट्रिय मानवीय कानून, नेतृत्व र व्यवस्थापन, राष्ट्रिय सुरक्षा रणनीति, नीतिनिर्माण तथा योजना लगायतका विविध विषयहरुमा सम्बन्धित विषयका विज्ञहरुद्वारा अध्यापन गराईएको कुरा त्यसअवसरमा जानकारी गराइएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad