सन् २०२१ को फेब्रुअरीमा सैनिक विद्रोहपछि पक्राउ परेकी म्यानमारकी नेतृ आङ सान सुचीलाई जेलबाट निकालेर घरमै नजरबन्द गरिएको छ।
बीबीसी बर्मा सर्भिसले कारागारमा उपस्थित स्रोतलाई उद्धृत गर्दै सुचीलाई सोमबार नेपिडावस्थित सरकारी भवनमा सारिएको जनाएको छ।
नोबेल शान्ति पुरस्कार विजेता सुची यस वर्षको जुनसम्म घरमै नजरबन्दमा थिइन्, त्यसपछि उनलाई एकान्त कारागारमा सारिएको थियो।
७८ वर्षीया सुचीलाई सेनाले लगाएको मुद्दामा ३३ वर्षको जेल सजाय सुनाइएको थियो। जेल सजाय पाएको दुई वर्षयता उनको स्वास्थ्यबारे कुनै जानकारी आएको छैन।
सुची जेलबाट सरुवा भएको खबर सेनाले भने अहिलेसम्म पुष्टि गरेको छैन, तर, प्रशासनले उनलाई घरमै नजरबन्दमा राख्नुलाई सकारात्मक कदमका रूपमा हेरिएको छ।
म्यानमारमा सैनिक विद्रोहपछि त्यहाँ गणतन्त्र अन्त्य भयो भने गृहयुद्ध सुरु भयो। जसमा अहिलेसम्म हजारभन्दा बढी जनाको मृत्यु भइसकेको छ।
Shares

प्रतिक्रिया