ग्लोबल


दक्षिण अफ्रिकामा पाँचतले भवनमा आगो लाग्दा ५८ जनाको मृत्यु

दक्षिण अफ्रिकामा पाँचतले भवनमा आगो लाग्दा ५८ जनाको मृत्यु

घटनास्थल


नेपालखबर
भदौ १४, २०८० बिहिबार १३:२०, जोहानेसवर्ग

दक्षिण अफ्रिकाको जोहानेसवर्गको मध्यभागमा अवस्थित पाँचतले भवनमा आगो लाग्दा ५८ जनाको मृत्यु भएको छ भने ४० जनाभन्दा बढी घाइते भएका छन्। 

दक्षिण अफ्रिकाको आपत्‌कालीन सेवाका प्रवक्ता रोवर्ट मुलाउजीका अनुसार हालसम्म ५८ जनाको शव फेला परेको तथा ४३ जना सामान्य घाइते भएका छन्। भवनमा बिहीबार बिहान आगो लागेको जानकारी दिँदै उनले खोज तथा उद्धार जारी रहेको बताएका छन्। प्रवक्ता मुलाउजीले मृतकको मृतकको सङ्ख्या बढ्नसक्ने बताएका छन्।

आगो निभाउने प्रयासमा दमकलका कर्मचारी प्रत्येक तलामा परिचानलन भएका छन्। घाइतेलाई अस्पताल पुर्‍याइएको छ। आगलागीको कारण भने खुलेको छैन। केही समयअघिसम्म सहरको प्रमुख आर्थिक एवं व्यापारिक केन्द्रमा रहेको उक्त भवनमा घरबारविहीन स्थानीय जबरजस्ती बसेका बताइएको छ। आफ्ना सरसामान जोगाउने प्रयासमा केहीले ज्यान नै गुमाएका जनाइएको छ। 

घरबारविहीन व्यक्तिहरू कुनै औपचारिक भाडा सम्झौताबिना नै भवनमा सरेका जनाउँदै प्रवक्ता मुलाउजीले भवनमा कति मानिस थिए भन्ने यकिन नहुँदा खोजीमा कठिनाइ भएको बताएका छन्। उनले १५ वर्षको जागिरे जीवनमा यति भयावह घटना नदेखेको बताएका छन्। आगो लागेको भवनमा करिब दुई सय जना बसेका हुनसक्ने प्रत्यक्षदर्शीले बताएका छन्। रासस/एपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad