ग्लोबल


युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षेप्यास्त्र दिँदै अमेरिका

युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षेप्यास्त्र दिँदै अमेरिका

फाइल फाेटाे


रासस/एपी
असोज ६, २०८०, शनिबार , वासिङ्टन

अमेरिकाले युक्रेनलाई लामो दूरीमा प्रहार गर्ने क्षमताका क्षेप्यास्त्र युक्रेनलाई प्रदान गर्ने भएको छ। राष्ट्रपति जो बाइडेनले युक्रेनलाई लामो दूरीका क्षेप्यास्त्र चाँडै उपलब्ध गराउने योजना बनाएका हुन्। 

युक्रेनी राष्ट्रपतिसँग वासिङ्नमा भेटवार्ता गरेपछि किएभलाई रुसका भित्रीभागसम्म प्रहार गर्ने क्षमताका हतियार दिने निष्कर्षमा उनी पुगेको हतियार सहायतासम्बन्धी विषयसँग परिचित एकजना अधिकारीले बताएका हुन्। युक्रेनले अब तीन सय किलोमिटर परसम्म प्रहार गर्ने क्षमताका एटीएसीएमएस क्षेप्यास्त्र प्राप्त गर्ने उनले बताए। 

यसैबीच, युक्रेनले शुक्रबार प्रहार गरेको क्षेप्यास्त्रले रुसको ब्ल्याक सी फ्लीटको मुख्यालयमा क्षति गरेको छ। एक युक्रेनी सैन्य स्रोतका अनुसार सेभास्टोपोल बन्दरगाहमा बेलायत र फ्रान्सले प्रदान गरेका स्टोर्म स्याडो क्षेप्यास्त्र आक्रमण गरिएको हो। यी क्षेप्यास्त्र बढीमा एक सय दुई किलोमिटर परसम्म प्रहार गर्ने क्षमताका हुन्।

असोज ६, २०८०, शनिबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .