ad ad

राजनीति


ओलीको आरोप– सरकार आफैं सुन तस्करीमा छ, केरुङ नाकाबाट ट्रकमा बोकिन्छ

ओलीको आरोप– सरकार आफैं सुन तस्करीमा छ, केरुङ नाकाबाट ट्रकमा बोकिन्छ

नेपालखबर
असोज ६, २०८० शनिबार १९:४०, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैंले सुन तस्करी गरिरहेको आरोप लगाएका छन्। स्वर्ण युगको झल्को दिनेगरी सरकार आफैँ सुन तस्करीमा संलग्न रहेको ओलीको जिकिर थियो।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै ओलीले रसुवाको केरुङ भन्सारबाट नेपाल आउने ट्रकहरूमा सुन बोकिने गरेको पनि खुलाएका छन्। 

‘उहिले हामी गोल्डेन टच भन्ने पढथ्यौं। त्यस्तै भएको छ। केरुङ भन्सारबाट आउने ट्रकहरूमा सुन बोकिन्छ,’ ओलीले केरुङबाट सुन भित्रिएको खुलाउँदै भने, ‘पहिलेपहिले रातो चन्दन उत्तर लगिन्थ्यो, अहिले उत्तरतिरबाट सुन ओरालो झारिन्छ। यो भइराखेको छ।’

साथै, सुन तस्करी प्रकरण चलाउनेहरू आफैंले स्वर्ण युग आयो भनेर भनिरहेको भन्दै सरकारको कटाक्ष पनि गरे।

‘सुन फल्छ भनेर यहाँ काठमाडौं आएको, यहाँत नुन पनि पाईदो रहेनछ भन्ने कसैले भनेका छन। सुन त यहाँ ब्रेक सुमा सुनैसुन। वेपमा सुनैसुन। सिग्रेट खान खोज्यो सुनैसुन,’ ओलीले भने, ‘पानी चलाउने मोटर ल्यायो, सुनैसुन। जे छोयो, त्यो सुनैसुन। स्वर्ण युग आयो भन्दैछ सरकार। यति सुन आएको छ। फेरी स्वर्ण युग नआए कहिले आउँछ त? भन्दैछ सरकार। नुन पनि पाइँदैन भन्दा सरकारको बिरोध गरेजस्तो हुँदैन। स्वर्ण युग नै आएको छ।’

‘चिल आयो, चिल आयो’ भनेर देखाउने अनि कुखुरा आफू बोकेर कुद्ने शैली सरकारले अपनाएको ओलीले बताए। उनले देशको अवस्था नाजुक भएको उल्लेख गर्दै यस्तो अवस्थामा परिवर्तन ल्याउनैपर्ने बताए।

‘प्रश्न के हो भने अगाडि बढने हो भने देशलाई शिरमा राख्न सक्नुपर्दछ। सबभन्दा माथि देशलाई राख्न सक्नुपर्दछ। आफ्नो स्वार्थलाई शिरमा राख्यो भने, आफ्नो स्वार्थलाई केन्द्र भागमा राख्यो भने देशलाई सफल बनाउन सकिँदैन,’ उनले भने, ‘देशलाई सफल बनाउनका निम्ति नातागोता, परिवारवाद भन्नुहुँदैन। देशलाई सफल बनाउने हो भने यस्ता अहिले तस्करी काण्डहरु चलेका छन् नि। यस्ता काण्डहरु चलाउनु हुँदैन। म काण्डहरू चलेका छन् भनिराखेको छैन, चलाएका भनिराख्या छु।’

‘चिल आयो, चिल आयो भन्ने अनि कुखुरा यतातिर बोकेर कुँद्ने? मैले अघि नै भनेको छु–सरकारको आलोचना खास गर्न चाहन्न। तर अवस्था नाजुक छ। धेरै नाजुक छ।’

अध्यक्ष ओलीले देशको मूल्यमा कुनैपनि व्यक्तिको स्वार्थ पूरा गर्न नसकिने पनि बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .