ग्लोबल


हमासले रिहा गरेकी यी महिलाले सुनाइन्– उनलाई कसरी राखियो, के खुवाइयो?

हमासले रिहा गरेकी यी महिलाले सुनाइन्– उनलाई कसरी राखियो, के खुवाइयो?

नेपालखबर
कात्तिक ७, २०८० मंगलबार १७:२८, काठमाडौँ

प्यालेस्टिनी लडाकु समूह हमासबाट मुक्त गरिएका दुई बन्धकमध्ये एक ८५ वर्षीया योचेभ लिफ्सिट्जले दुई साताको आफ्नो अनुभव सुनाएकी छन्। 

उनले पत्रकार सम्मेलनमा बताएअनुसार हमास लडाकुहरूले उनलाई किबुट्जबाट मोटरसाइकलमा अपहरण गरेका थिए। अनि एउटा ढोका हुँदै गाजा पुर्‍याएका थिए। त्यस क्रममा उनलाई धेरै ठाउँमा चोट पनि लाग्यो। साथै सास फेर्नसमेत समस्या भएको थियो। 

उनले आफूलाई हमासले कसरी लाठीले कुटे भन्ने कुरा पनि सुनाइन्। 

लिफ्सिट्जले इजरायली सरकारले सीमामा तारबार लगाउन अर्बौं रुपैयाँ खर्च गरे पनि हमासलाई इजरायल प्रवेश गर्नबाट रोक्न नसकेको बताइन्। 

पत्रकार सम्मेलनमा लिफ्सिट्जकी छोरी शेरोनले आफ्नी आमालाई पानी भएको खेतैखेत धेरै किलोमिटरसम्म हिँड्न बाध्य पारिएको बताइन्।

शेरोनले हमासले भूमिगत सुरुङको ठूलो नेटवर्क तयार पारेको बताइन्। जसलाई उनले माकुराको जालोसँग तुलना गरिन्। 

लिफ्सिट्जकी छोरीका अनुसार हमास लडाकुहरूले उनकी आमाका गहना र घडी लगे। जब उनी मोटरसाइकलबाट ओर्लिन्, त्यहाँ उपस्थित मानिसहरूले आफूहरू कुरानमा विश्वास गर्ने भएकाले उनलाई कुनै हानि नपुर्‍याउने बताए। 

लिफ्सिट्ज र अन्य २४ बन्धकलाई सुरुङमा लगियो। 

लिफ्सिट्जका अनुसार बन्धकहरूलाई सफा ठाउँमा राखेर सुत्न गद्दा दिइयो। हरेक दुई–तीन दिनमा डाक्टर आफूलाई निगरानी गर्न आउने गरेको उनले बताइन्। गाजा लैजाँदै गर्दा घाइते भएका एक बन्धकको उपचार गरिएको उनले सुनाइन्। 

उनले प्रत्येक पाँच बन्धकको निगरानीका लागि एकजना गार्ड राख्ने गरिएको बताइन्। 

लिफ्सिट्जले सुरुङमा बस्ने क्रममा आफू र आफ्नो समूहलाई खानाका रूपमा सेतो चिज र काँक्रा दिइएको बताइन्। उनका अनुसार हमास लडाकुहरूले पनि त्यही खाना खाइरहेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .