दक्षिण एसियाकै पहिलो पानीमुनि निर्माण गरिएको सुरुङमार्ग सञ्चालनमा आएको छ।
बंगलादेशमा पानीमुनि निर्माण गरिएको यो सुरुङमार्ग शनिबारबाट सञ्चलनमा ल्याइएको हो।
सुरुङमार्गको बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले उद्घाटन गरेकी थिइन्।
बंगबन्धु शेख मुजिबुर रहमान नाम दिइएको यस सुरुङमार्गको उद्घाटन समारोहमा हसिनाका साथै चिनियाँ राजदूत याओ वेन पनि सहभागी थिए।
राजधानी ढाकाबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको यो सुरुङमार्ग बंगलादेश र चीन सरकारको संयुक्त लगानीमा निर्माण गरिएको हो।
सुरुङले प्रस्तावित एसियाली राजमार्गलाई ढाका–चट्टोग्राम–कक्सबजार राजमार्गसँग जोड्नेछ। यो सुरुङमार्गले चट्टोग्रामदेखि दक्षिणपूर्वी तटीय सहर कक्स बजारसम्मको दूरी ४० किलोमिटर घटाउनेछ। –सिन्ह्वा
180
Shares

प्रतिक्रिया