ग्लोबल


सात वर्षपछि अस्ट्रेलियाली प्रधानमन्त्री चीन भ्रमणमा, सुध्रेला सम्बन्ध?

सात वर्षपछि अस्ट्रेलियाली प्रधानमन्त्री चीन भ्रमणमा, सुध्रेला सम्बन्ध?

नेपालखबर
कात्तिक १८, २०८० शनिबार २१:२७,

गत सात वर्ष चीन र अस्ट्रेलियाबीचको सम्बन्ध निकै तनावपूर्ण रह्यो। सात वर्षअघि अस्ट्रेलियाको आन्तरिक राजनीतिमा चीनको प्रभाव बढ्न थालेको बहस चुलिएसँगै बेइजिङ र क्यानबेराबीच दुरी बढ्न थालेको थियो। 

२०१८ मा अस्ट्रेलिया ह्वावेलाई फाइभजी कार्यक्रमबाट बाहिर राख्ने निर्णय लिएपछि सम्बन्ध अझ चिसियो। सन् २०२० मा तत्कालीन प्रधानमन्त्री स्कट मोरिसनले कोभिड १९ उत्पत्तिका विषयमा चीनमाथि अन्तर्राष्ट्रिय छानबिनको आह्वान गरेपछि त चीनले व्यापारिक प्रतिबन्धहरु लगाएर अस्ट्रेलियाविरुद्ध बदला नै लियो।

जसका कारण अस्ट्रेलियाको वाइन उद्योगमा धक्का लाग्नुका साथै किसान र माछा मार्नेहरुको जीविकामा समस्या आएको थियो।

तर, अहिले प्रधानमन्त्री एन्टोनी अल्बानिजले चीन भ्रमण गरेर सो तिक्ततालाई सल्ट्याउने प्रयास थालेका छन्। शानिबारबाट उनले चार दिने चीन भ्रमण सुरु गर्दैछन्। 

भ्रमणमा अल्बानिजले राष्ट्रपति सी चिनफि, प्रधानमन्त्री ली छियाङसँग भेट्नेछन्। दुई मुलुकबीचको कूटनीतिक गतिरोध खोल्ने प्रयास भएको केही महिना मात्र हुँदैछ।

आर्थिक सम्बन्ध सुमधुर भए दुवै पक्षलाई ठूलो फाइदा हुनेछ। यी दुई मुलुकको सम्बन्ध कस्तो हुनेछ भन्ने कुराले इन्डो–प्यासिफिक क्षेत्रमा पनि प्रभाव पार्नेछ।

बेइजिङ प्रस्थान गर्नुअघि डार्विन सहरमा बोल्दै अल्बानिजले धैर्ययुक्त र सोचविचारपूर्ण शैलीको नतिजा यो भ्रमण भएको बताए।

यद्यपि, दुई मुलुकबीचको नाजुक सम्बन्धलाई यो एक भ्रमणले मात्र ठिक गर्न नसक्ने विश्लेषण गरिएको छ। 

अस्ट्रेलियाको अमेरिकासँग बढ्दो सुरक्षा सम्बन्धका कारण चिन्तित देखिन्छ। अस्ट्रेलिया इन्डो–प्यासिफिकमा अमेरिकाको प्रमुख साझेदार त हुँदै हो, ऊ अकस र क्वाडजस्ता फ्रेमवर्कमा पनि छ।  चीन यी रणनीति तथा पहलहरुलाई आफूविरुद्ध लक्षित मान्ने गर्छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .