ग्लोबल


भारतपछि चीनसँग पनि विवादमा उत्रियो क्यानाडा

भारतपछि चीनसँग पनि विवादमा उत्रियो क्यानाडा

नेपालखबर
कात्तिक १९, २०८० आइतबार १७:२५, काठमाडौँ

पछिल्लो केही महिनायता भारतसँग तनाव चुलिएका बेला चीनसँग पनि क्यानाडाको विवाद सुरु भएको छ।

चीन र क्यानाडाले एक अर्कालाई अन्तरराष्ट्रिय समुद्री सीमा उल्लंघन र अनावश्यक सैन्य टकराव बढाउने काम गरेको आरोप लगाएका छन्।

यो मामिला दक्षिणी चीन सागरसँग जोडिएको हो। त्यही कुरालाई लिएर चीनले क्यानाडासँग गम्भीर आपत्ति जनाएको हो।

यस ठूलो समुद्री इलाकालाई चीनले आफ्नो बताइरहेको छ, अर्कातिर यस क्षेत्रका अन्य कयौँ देश चीनको दाबीलाई चुनौती दिइरहेका छन्। 

क्यानाडाले चीनको लडाकु विमानमार्फत उक्त समुद्री क्षेत्रबाट गइरहेको आफ्नो हेलिकोप्टरलाई खतरामा पार्ने कोसिस गरेको आरोप लगाएको छ।

उता चीनले क्यानाडाको हेलिकोप्टरले केही अज्ञात कारणबाट उको द्वीपतर्फ उडान भरेको जनाएको छ। 

क्यानाडाका रक्षा मन्त्री बिल ब्लेयर चीनको लडाकु विमानले दक्षिण चीन सागरमा अन्तरराष्ट्रिय समुद्री सीमामाथि उडिरहेको हेलिकोप्टरलाई खतरामा पारिदिएको बताएका छन्। 

‘चिनियाँ लडाकु विमानले क्यानाडाको हेलिकोप्टरको एकदमै नजिक आएर चेतावनीका लागि छाडिने धुवाँको मुस्लो हानिदिएको थियो। जसका कारण हाम्रो हेलिकोप्टर खतरामा परेको छ,’ उनले भनेका छन्। 

ब्लेयरले चिनियाँ जेट अघिल्लो आइतबार ठीक माथिबाट उडेका कारण हेलिकोप्टर हल्लिन पुगेको थियो। त्यसपछि चीनको एक एउटा लडाकु जहाजले हेलिकोप्टर सामु धुवाँको मुस्लो दागेको थियो। जसबाट जोगिनका लागि हेलिकोप्टरले बाटो नै फेर्नुपरेको उल्लेख गरे।

शनिबार चीनले ब्लेयरको दाबीबारे प्रतिक्रिया दिँदै भनेको छ, ‘क्यानाडाको हेलिकोप्टरले कुनै पनि गोप्य उद्धेश्य पूरा गर्नका लागि गलत योजनासहित चिनियाँ जहाजलाई उकास्ने काम गरेको छ।’ 

चीनको रक्षा मन्त्रालयका प्रवक्ता जंग शाओगाङ्गले एक वक्तव्यमा युद्धपोतको नामबारे जिकिर गर्दै क्यानाडाको एचएमसीएस ओटावाबाट उडान भरेको हेलिकोप्टरले कुनै गलत उद्धेश्यसहित आफ्नो द्वीप क्षेत्रमा प्रवेश गरेको बताएका छन्। 

चीनको पिपुल्स लिवरेशन आर्मीले नौ सेना र वायुसेनाले आफ्नो कानुनअनुसार उक्त घटनाको छानबिन गरिरहेको जनाएको छ।

उक्त प्रकरणमा चीनले पटक पटक चेतावनी दिए पनि क्यानाडाको हेलिकोप्टरले कुनै जवाफ नदिएको जनाएको छ। उक्त हेलिकोप्टर एकदमै कम उचाईमा आएर चिनियाँ नौ सेनालाई उकास्ने काम गरेको चीनले जनाएको छ। 

समाचार एजेन्सी रोयटर्सका अनुसार दुई सातामा चीन र क्यानाडाबीच यो दोस्रो टकराव हो। उता क्यानाडाले चीनको एयरफोर्समाथि ‘खतरनाक व्यवहार’ देखाएको जनाएको छ।

यसअघि अक्टोबर महिनामा क्यानाडाका रक्षामन्त्री बिल ब्लेयरले चिनियाँ लडाकु जेट आफूहरुको जहाजको निगरानीमा ५ मिटरसम्म नजिक आएको आरोप लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .