ग्लोबल


गाजाको सबैभन्दा ठूलो अस्पतालका कोठाकोठा चाहर्दै इजरायली सेना, ‘स्थिति निकै डरलाग्दो छ’

गाजाको सबैभन्दा ठूलो अस्पतालका कोठाकोठा चाहर्दै इजरायली सेना, ‘स्थिति निकै डरलाग्दो छ’

नेपालखबर
मंसिर १, २०८० शुक्रबार ७:३६, काठमाडौँ

इजरायली सेनाले गाजा सहरको सबैभन्दा ठूलो अस्पताल अल-सिफाको हरेक कोठामा खोजी गरिरहेको छ र अस्पतालको पूर्ण खोजी हुन केही हप्ता लाग्ने अनुमान गरिएको छ।

इजरायली सेनाका प्रवक्ता ले. जोनाथन कन्रिकसले बीबीसी रेडियो फोरको कार्यक्रममा अस्पतालमुनि हमासको सुरुङ सञ्जाल रहेको र खोजी गर्न केही हप्ता लाग्न सक्ने बताए।

यसैबीच, बिहीबार गाजापट्टीमा फोन र इन्टरनेट सञ्चार पूर्ण रूपमा बन्द भएको बीबीसीको समाचारमा उल्लेख गरिएको छ। 

दूरसञ्चार कम्पनीले ल्यान्डलाइन, फोन र वाइफाइ सुविधा पूर्ण रूपमा उपलब्ध नहुने जनाएको छ।

अर्कातर्फ अल-सिफा अस्पतालका निर्देशकले विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘स्थिति निकै डरलाग्दो छ र अस्पतालमा रहेका मानिस तिर्खाले रोइरहेका छन्।’

अक्टोबर ७ मा हमासले इजरायलमा अचानक आक्रमण गरेयता इजरायली सेनाले गाजामा कारबाही जारी राखेको छ। यसबीच सैयौँ मानिसको मृत्यु भइसकेको छ। 

अस्पतालमुनि सुरुङ बनाएर हमासले आक्रमण गरिरहेको आशंका गर्दै इजरायली सेनाले गाजाका अस्पताल पनि नछाडेको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .