ad ad

ग्लोबल


रुसका राष्ट्रपति पुटिनले देशका महिलालाई भने– कम्तीमा ८ सन्तान जन्माउनू

रुसका राष्ट्रपति पुटिनले देशका महिलालाई भने– कम्तीमा ८ सन्तान जन्माउनू

नेपालखबर
मंसिर १६, २०८० शनिबार ९:२४, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले जनसंख्याको संकट टार्न एकजना महिलाले कम्तीमा ८ सन्तान जन्माउनुपर्ने बताएका छन्। 

पुटिनले आगमी केही दशकसम्म जनसंख्या बढाउने लक्ष्यसहित रुसी महिलाले बच्चा जन्माउने दर बढाउनुपर्ने बताएका हुन्। 

उनले अहिले पनि कैयौँ रुसी नागरिक सामूहिक परिवारमा विश्वास राख्ने बताउँदै अहिले पनि उनीहरूले चारदेखि पाँच सन्तान जन्माइरहेको जिकिर गरे। तर अब यो दरलाई बढाएर एक महिलाले ८ जनासम्म सन्तान जन्माउनुपर्ने पुटिनले बताए।

पुटिनले आफूहरूका हजुरआमा, जिजुआमाहरूले ८ सन्तान जन्माएको बताउँदै अबको पुस्ताले पनि त्यसलाई निरन्तरता दिएर घट्दो जनसंख्यालाई सन्तुलनमा राख्नुपर्नेमा जोड दिएका हुन्।

पुटिनले वर्ल्ड रसियन पिपुल्स काउन्सिललाई सम्बोधनका क्रममा सबै नागरिकले सामूहिक परिवारलाई आदर्श मान्नुपर्ने पनि उल्लेख गरे।

राष्ट्रपतिले सम्बोधनका क्रममा सबै रुसी सार्वजनिक संस्थान र कार्यालयले पनि परम्परागत मान्यता, धर्म र सामूहिक परिवारको नीतिलाई बढावा दिनुपर्ने बताए।

२० महिनादेखि युक्रेनसँग युद्ध गरिरहेको रुसका हजारौँ सैनिक मारिएका छन्। युद्धले युवा गुमाउनु परिरहेको अवस्थामा पुटिनको यो भनाइ आएको हो।

विश्वकै ठूलो भूगोल भएको रूसको जनसंख्या जनवरी २०२३ सम्म १४ करोड ६४ लाख थियो। जुन जनसंख्या सन् १९९९ मा पुटिन पहिलोपटक राष्ट्रपति हुँदाको समयभन्दा कम हो। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .