ad ad

राजनीति


भूकम्पले भत्किएको कांग्रेस कार्यालयको व्यवस्थापन एमालेले गर्‍यो

भूकम्पले भत्किएको कांग्रेस कार्यालयको व्यवस्थापन एमालेले गर्‍यो

नेपालखबर
मंसिर १६, २०८० शनिबार ९:३२, काठमाडौँ

भूकम्पको केन्द्रबिन्दु जाजरकोटमा भत्किएको नेपाली कांग्रेसको पार्टी कार्यालय भवन नेकपा एमालेका कार्यकर्ताले व्यवस्थापन गरेका छन्।

गत कात्तिक १७ गते  जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर गएको ६.४ म्याग्निच्युडको भूकम्पले क्षति पुर्‍याएको कांग्रेसको पार्टी कार्यालय एमालेको स्वयंसेवक टोलीलेले व्यवस्थापन गरेको हो। 

भत्किएको पार्टी कार्यालयमा शुक्रबार एमालेका स्वयंसेवकले व्यवस्थापन गर्न भग्नावशेष हटाएको पार्टीको विपद् व्यवस्थापन तथा स्वयंसेवक विभागका प्रमुखसमेत रहेका एमाले केन्द्रीय सदस्य किरण पौडेलले जानकारी दिए।

भूकम्पले क्षति पुर्‍याएपछि कांग्रेसको जिल्ला कार्यालय बन्द थियो। अखिल नेपाल किसान महासंघको टिम एफ वानले उक्त कार्यालयको व्यवस्थापन गरेको पौडेलले बताए। 

पौडेलेको नेतृत्वको एमाले स्वयंसेवक टोली १२ दिनदेखि भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि खटिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .