ग्लोबल


फिलिपिन्सको विश्वविद्यालयमा विस्फोट, कम्तीमा ४ को मृत्यु

फिलिपिन्सको विश्वविद्यालयमा विस्फोट, कम्तीमा ४ को मृत्यु

नेपालखबर
मंसिर १८, २०८० सोमबार १२:१६,

दक्षिणी फिलिपिन्सको लानाओ डेल सुर प्रान्तको मारावी सहरस्थित मिन्डानाओ स्टेट युनिभर्सिटीको जिमभित्र भएको विस्फोटमा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य ५० बढी घाइते भएको स्थानीय सेना र प्रहरीले जनाएको छ।

आइतबार विद्यार्थी र शिक्षक जिमभित्र क्याथोलिक मासका लागि भेला भएका बेला बिस्फोट भएको स्थानीय प्रहरीले जनाएको छ।

सेनाको पहिलो इन्फन्ट्री डिभिजनका कमाण्डर मेजर जनरल गेब्रियल विरेले मृत्यु हुनेमा तीन महिला र एक पुरुष रहेको बताए।

यद्यपि, स्थानीय मिडिया जीएमए नेटवर्कले स्थानीय अस्पताल स्रोतलाई उद्धृत गर्दै मृत्यु हुनेको संख्या ११ पुगेको बताएको छ। इम्प्रोभाइज्ड विष्फोटक पदार्थबाट विष्फोट भएको हुनसक्ने प्रहरीले जनाएको छ।

फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले घातक बम विस्फोटको निन्दा गर्दै विष्फोटको दोष विदेशी आतंकवादी समूहलाई दिएका छन्।

फिलिपिन्सको सशस्त्र बल (एएफपी) प्रमुख जनरल रोमियो ब्राउनरले सेनाले निरन्तर अध्ययन गरिरहेको र अपराधी चाँडै पत्ता लाग्ने बताए।

विश्वविद्यालयले अर्को सूचना नभएसम्मका लागि कक्षाहरू स्थगित गर्ने निर्णय गरेको छ।

राजधानी र मिन्डानाओ टापुको सबैभन्दा ठूलो सहर लानाओ डेल सुरको क्याम्पसको सुरक्षाका लागि थप सुरक्षाकर्मी खटाइएको छ। –सिन्ह्वा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad