ग्लोबल


भारतको तमिलनाडुमा  बाढीमा परेर ३५ जनाको मृत्यु, ५० हजारलाई सुरक्षित स्थानमा सारियो

भारतको तमिलनाडुमा  बाढीमा परेर ३५ जनाको मृत्यु, ५० हजारलाई सुरक्षित स्थानमा सारियो

नेपालखबर
पुस ८, २०८० आइतबार ५:३१, काठमाडौँ

भारतको दक्षिणी राज्य तमिलनाडुमा बाढी र वर्षाजन्य दुर्घटनामा परेर कम्तीमा ३५ जनाको मृत्यु भएको छ। 

सरकारी अधिकारीहरुका अनुसार अप्रत्याशित वर्षाले थुप्रै जिल्लालाई नराम्ररी प्रभावित पारेको छ। तराईका क्षेत्र डुबानमा परेका छन् भने, सडक र रेल सञ्चालमा गम्भीर असर परेको छ।

तमिलनाडुका मुख्य सचिव शिव दास मीनाले प्रभावित क्षेत्रहरूमा उद्धार कार्य पूरा भएको र आधारभूत सेवाहरूको पुनः स्थापनामा ध्यान केन्द्रित गरिएको बताए। करिब १७५ सडक खण्ड बिग्रिएको छ। जसमध्ये १४० वटाको मर्मत गरिएको  छ  भने बाँकी सडकको पुनः निर्माण काम भइरहेको अधिकारीहरुले बताएका छन्। 

अत्यावश्यक खानेपानी आपूर्ति जस्ता अन्य सेवाहरू सञ्चालनको काम भइरहेको छ। 

बाढी प्रभावित क्षेत्रका झण्डै ५० हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । बाढी र अविरल वर्षाले ३ हजार ७ सय झुपडी र १ सय ७० स्थायी घरमा क्षति पुगेको छ। डुबानका कारण १ लाख ८३ हजार हेक्टरमा लगाएको बालीमा क्षति पुगेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad