ग्लोबल


रोममा भेटियो २३ सय वर्ष पुरानो चित्र, उत्खनन गर्नै लाग्यो ५ वर्ष

रोममा भेटियो २३ सय वर्ष पुरानो चित्र, उत्खनन गर्नै लाग्यो ५ वर्ष

२३ सय वर्ष पुरानो मानिएको मोजाइक (स्रोत : इटालियन संस्कृति मन्त्रालय)


नेपालखबर
पुस ९, २०८० सोमबार १५:२६, काठमाडौँ

रोमको प्यालाटिन हिलमा पाँच वर्षको उत्खननपश्चात् २३ सय वर्ष पुरानो चित्र (मोजाइक) बाहिर निकालिएको छ।

अक्सफोर्ड डिक्सनरीका अनुसार मोजाइक भनेको विभिन्न रंगका काँच, ढुङ्गा आदिका साना टुक्रा  सँगै राखेर बनाइएको चित्र वा ढाँचा हो।

मोजाइकलाई भुइँ वा पर्खाल सजावटको रूपमा प्रयोग गरिन्छ, विशेषगरी प्राचीन रोममा यो निकै प्रचलित रहेको विश्वास गरिन्छ।

उत्खननका क्रममा पुरातत्त्वविद्ले एउटा भव्य भोज कोठा पत्ता लगाए जसको उत्पत्ति इसापूर्व पहिलो वा दोस्रो शताब्दीमा भएको हो।

कुनै कुलनी परिवारको भोज कोठा रहेको अनुमान गरिएको यसको उत्खनन सन् २०१८ देखि भएको हो। यसै क्रममा हाल कोठाको एक भित्तामा पाँच मिटर लम्बाइको मोजाइक भेटिएको हो।

मोजाइकमा कमलका पात, त्रिशूल, विभिन्न सामुन्द्रिक जीवका चित्र आदि कुँदिएका छन्। एजेन्सीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad