उत्तरपश्चिम पाकिस्तानको एक घरमा आगलागी हुँदा ९ जनाको मृत्यु भएको छ।
पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा रहेको एक घरमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना एबोटाबाद जिल्लाको हो। जहाँ घरमा आगलागी हुँदा परिवारका नौ सदस्यको मृत्यु भएको छ।
सर्ट सर्किटका कारण आगलागी भएको र त्यहाँका बासिन्दाले नियन्त्रण गर्न नपाउँदै घरभरि आगो लागेको प्रहरीले जनाएको छ।
शव पहिचानका लागि नजिकैको अस्पतालमा राखिएको जानकारी प्रहरीले दिएको छ। -सिन्ह्वा/नान
15
Shares

प्रतिक्रिया