ग्लोबल


टर्कीमा कर्मचारीको तलब ४९ प्रतिशत बढ्यो

टर्कीमा कर्मचारीको तलब ४९ प्रतिशत बढ्यो

नेपालखबर
पुस १२, २०८० बिहिबार ११:१५,

टर्कीले २०२४ को पहिलो दिनदेखि कर्मचारीको मासिक न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले बढाएर १७ हजार टर्किस लिरा (५७८.४ अमेरिकी डलर) पुर्‍याउने निर्णय गरेको छ। देशका श्रम तथा सामाजिक सुरक्षा मन्त्री वेदात इसिखानले बुधबार उक्त घोषणा गरेका हुन्।

योसँगै गत आ.व.को तुलनामा खुद न्यूनतम पारिश्रमिक ४९ प्रतिशतले र गत वर्षको तुलनामा शतप्रतिशतले बढेको छ।

देशको न्यूनतम पारिश्रमिक निर्धारण आयोगले धेरै छलफल गरेपछि उक्त निर्णय गरिएको श्रम तथा सामाजिक सुरक्षा मन्त्री इसिखानले बताए।

टर्कीले यसअघि १ जुलाई २०२३ देखि सुरु हुने मासिक न्यूनतम ज्याला ३४ प्रतिशतले बढाएर ११ हजार ४०२ लिरा पुर्‍याएको थियो।

श्रमिकहरूको तर्फबाट सरकारसँगको वार्तामा सहभागी टर्किस ट्रेड युनियनहरूको कन्फेडेरेसनका अध्यक्ष एर्गुन अटालेले श्रमिकहरूको अपेक्षित न्यूनतम पारिश्रमिक १८ हजार लिरा रहेको बताए। -सिन्ह्वा/नान

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad