ग्लोबल


जापानमा भूकम्पपछि पुरिएकी ९० कटेकी वृद्धाको ५ दिनपछि जीवितै उद्धार

जापानमा भूकम्पपछि पुरिएकी ९० कटेकी वृद्धाको ५ दिनपछि जीवितै उद्धार

नेपालखबर
पुस २३, २०८० सोमबार १३:५८,

जापानमा भूकम्पपछि पुरिएकी ९० कटेकी एक वृद्धाको जीवितै उद्धार भएको छ। भूकम्प गएको पाँच दिनपछि उनको उद्धार गरिएको थियो।

उनी दुई तले घरमा पुरिएकी थिइन्।

उद्धारकर्ताहरुले शनिबार साँझ इसिकावा प्रिफेक्चरस्थित सुजु सहरमा भूकम्प गएको १२४ दिनपछि उनलाई फेला पारेका थिए। 

उनको नजिकैको अस्पतालमा उपचार भइरहेको जापानी सञ्चारमाध्यमले जनाएका छन्।

आइतबार चिकित्सकहरुले ती महिला कुराकानी गर्न सक्ने स्थितिमा रहेको बताएका छन्। तर उनको गोडामा गम्भीर चोट लागेको छ।

एक उद्धारकर्ताले उनको घुँडा फर्निचारमा अड्किएको र उनलाई निकाल्न घण्टौँ लागेको बताएका छन्।

जनवरी १ मा ७.५ म्याग्निच्युडको भूकम्पले जापानमा १२६ जनाको ज्यान गएको छ। दुई सय जना फेला नपरेको बताइएको छ। 

भूकम्पपछि सुनामीको चेतावनी दिइएको थियो, जसका कारण हजारौँ मानिस विस्थापित भएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .