टर्कीको राष्ट्रिय वायुसेवा टर्किस एयरलाइन्स (टीएचवाई)ले अमेरिकामा शुक्रबार भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमानलाई ग्राउन्ड गरेको छ।
प्राविधिक अनुसन्धान पूरा नभएसम्म विमानहरू ग्राउन्ड हुने एयरलाइन्सले जनाएको छ। गत शुक्रबार अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको आकस्मिक झ्याल १६ हजार फिट उचाइमा भत्किएर खसेको थियो।
अकस्मात् झ्याल भत्किएपछि ठूलो प्वाल परेको थियो भने त्यसले यात्रुको क्याबिनलाई कम्प्रेस गरेको थियो।
अमेरिकाको ओरेगन राज्यस्थित पोर्टल्यान्ड अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान केही समयपछि उक्त घटना घटेको थियो। जसका कारण यात्रुहरू आतंकित भएका थिए।
ओन्टारियो, क्यालिफोर्नियाको गन्तव्यका लागि उडेको उक्त विमानलाई पोर्टल्यान्डमा आपत्कालीन अवतरण गरिएको थियो। -एजेन्सी
Shares

प्रतिक्रिया