ग्लोबल


चीनबाट फर्केलगत्तै माल्दिभ्सका राष्ट्रपतिले भने : सानो हौँला तर कसैको धम्कीले डराउँदैनौँ

चीनबाट फर्केलगत्तै माल्दिभ्सका राष्ट्रपतिले भने : सानो हौँला तर कसैको धम्कीले डराउँदैनौँ

नेपालखबर
पुस २९, २०८० आइतबार १४:१३,

मालदिभ्सका राष्ट्रपति मोहमद मुइजुले आफ्नो देश सानो भए पनि कसैको धम्कीले नडराउने बताएका छन्। शनिबार चीनको पाँच दिने राजकीय भ्रमण सम्पन्न गरेर स्वदेश फर्किंदै गर्दा मुइजुले यस्तो बताएका हुन्।

‘हिन्द महासागर कुनै एक मुलुकको होइन,’ उनले वक्तव्यमा भनेका छन्, ‘मा माल्दिभ्स कसैको आँगन होइन।’

मुइजुले कुनै मुलुकको नाम नलिए पनि उनको यो अभिव्यक्ति भारतलक्षित भएको आकलन गर्न सकिन्छ। पछिल्लो समय भारत र मालदिभ्सबीच दुरी बढ्दै गएको छ। 

सेप्टेम्बरको चुनावमा मुइजु विजय भएयता यी दुई मुलुकको द्विपक्षीय सम्बन्ध तनावपूर्ण रहँदै आएको छ। चुनावलगत्तै मुइजुले माल्दिभ्समा रहेका भारतीय सेना हटाउन माग गरेका थिए।

गत महिना उनको क्याबिनेटले भारतसँग संयुक्त रुपमा गरिँदै आएको हाइड्रोग्राफिक सर्वेलाई नवीकरण गर्न अस्वीकार गरेको थियो।

गत साता मात्रै मुइजु प्रशासनका तीन उपमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलक्षित अशोभनीय टिप्पणी गरेपछि भारतमा सामाजिक सञ्जालमा ‘बोयकट माल्दिभ्स’ अभियान चलाइएको छ। यसले माल्दिभ्सको पर्यटन उद्योगमा गम्भीर क्षति गर्ने सम्भावना रहेको बताइन्छ।

मन्त्रीहरुको विवादास्पद अभिव्यक्ति सरकारको नभएको सरकारले स्पष्ट पारेको छ भने तीनै जना मन्त्रीलाई निलम्बन गरेको थियो। 

उता नयाँ दिल्लीले माल्दिभ्सका राजदूतलाई झिकाएर यसबारे सोधेको थियो।

पछिल्लो विवादमा राष्ट्रपति मुइजुले प्रत्यक्ष रुपमा केही भनेका छैनन्। तर, चीन भ्रमणमा उनले चिनियाँ पर्यटकको संख्या बढाउन आह्वान गरे। दुई वर्षयता माल्दिभ्स आउने सबैभन्दा बढी पर्यटक भारतीय छन्। सो स्थान चीनले लिनुपर्ने मुइजुको भनाइ छ।

चीनमा मुइजुले २० वटा सम्झौतामा हस्ताक्षर गर्नुका साथै चीनसँगको द्विपक्षीय सम्बन्ध स्तरोन्नति पनि गरेका थिए। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad