ग्लोबल


प्रथम महिलाको ब्रान्डेड ब्यागका कारण हल्लियो दक्षिण कोरियाको सरकार

प्रथम महिलाको ब्रान्डेड ब्यागका कारण हल्लियो दक्षिण कोरियाको सरकार

नेपालखबर
माघ ११, २०८० बिहिबार १६:१७,

दक्षिण कोरियाकी प्रथम महिला किम क्युन हीले एउटा विलासी ब्याग उपहार लिएको विषयले सत्तारुढ दलमा संकट पैदा भएको छ।

गत वर्षको अन्त्यमा उनले एक पास्टरबाट क्रिस्टियन डिओ ब्रान्डको ब्याग लिँदै गरेको भिडिओ सार्वजनिक भएको थियो।

यो काण्डका कारण आउँदो अप्रिलमा हुने चुनावमा राष्ट्रपति युन सुक योलको पार्टीले हार्न सक्ने विश्लेषण हुन थालेका छन्।

विपक्षीले यसैलाई मुद्दा बनाएर राष्ट्रपति युनमाथि आक्रमण गरिरहेको छ। मतदाताहरु यसको जवाफ खोजिरहेका छन्।

कोरियाको संसदीय चुनावभन्दा तीन महिनाअघि उठेको यो विवादले सो पार्टीलाई क्षति गर्ने बताइएको छ। यो घटनाले पार्टीमा आन्तरिक विवाद समेत भएको छ।

दक्षिण कोरियाको कानुनले सार्वजनिक पदमा रहेका व्यक्ति र तिनको जोडीले एक पटकमा १० लाख वन र वर्षभरिमा ३० लाख वनभन्दा ज्यादाको उपहार लिन मनाही गरेको छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .