ग्लोबल


माल्दिभ्समा गहिरिँदो राजनीतिक संकट, महान्यायाधिवक्तामाथि सडकमै आक्रमण

माल्दिभ्समा गहिरिँदो राजनीतिक संकट, महान्यायाधिवक्तामाथि सडकमै आक्रमण

नेपालखबर
माघ १७, २०८० बुधबार १३:२०, काठमाडौँ

चीन र भारतको तानातानबीच माल्दिभ्समा फेरि राजनीतिक संकट गहिरिने अवस्था आएको छ।

राष्ट्रपति मोहम्म मैइज्जु चीन भ्रमणबाट फर्किएलगत्तै उनीविरुद्ध महाअभियोग प्रस्ताव अघि बढ्ने देखिएको छ।

यस्तोमा अघिल्लो सरकारले नियुक्त गरेका महान्यायाधिवक्ता हुसैन शमिममाथि बुधबार दिउँसो सडकमै आक्रमण भएको छ।

महान्यायाधिवक्ता हुसैन शमिमलाई अज्ञात समूहले आक्रमण गरेर गम्भीर घाइते बनाएको हो।

स्थानीय सञ्चारमाध्यम सन अनलाइनको समाचार अनुसार अनुसार शमिममाथि राजधानी मालेको सडकमा आक्रमण भएको हो।

पुलिसका प्रवक्ताले शमिममाथि हमलाको पुष्टि गरेका छन्। अहिले शमिमको एडीके अस्पतालमा उपचार भइरहेको छ।

ती प्रहरी प्रवक्ताका अनुसार सुरुवाती जाँचमा शमिममाथि धारिलो हतियार हमला गरिएको होइन। 

महान्यायाधिवक्ता शमिमको कार्यालयका प्रवक्ताले बताएअनुसार अहिले उनको अवस्था स्थिर छ। हमलाको कारण पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ। 

महान्यायाधिवक्तामाथिको यो आक्रमणलाई राजनीतिक कोणबाट हेरिएको छ।

अहिले माल्दिभ्सको संसद्‍मा तनावको अवस्था छ। विपक्षी दलहरूले राष्ट्रपति मोहम्मद मैइज्जुविरुद्ध महाभियोग प्रस्ताव ल्याउने तयारी गरिरहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad