ad ad

ग्लोबल


पाकिस्तानमा दुई पार्टीबीच गठबन्धन सरकार निर्माणको औपचारिक सहमति

सहबाज सरिफ प्रधानमन्त्री र आसिफ अलि जर्दारी राष्ट्रपति बन्ने
पाकिस्तानमा दुई पार्टीबीच गठबन्धन सरकार निर्माणको औपचारिक सहमति

नेपालखबर
फागुन ९, २०८० बुधबार १३:४६,

विवादास्पद चुनावपछि पाकिस्तानका दुई पार्टीबीच सरकार गठनको औपचारिक सहमति भएको छ। 

नवाज सरिफको पीएमएलएनलाई बिलावल भुट्टोको पीपीपीले समर्थन गर्ने यी दुई पार्टीले संयुक्त घोषणा गरेका छन्।

यी दुवै पार्टीले इमरान खान समर्थित उम्मेदवारहरुभन्दा कम सिट जितेका छन्।

खानको पीटीआईले एक्समा यी दुई पार्टीको गठबन्धनलाई ‘जनादेश चोर’ भनेको छ।

संयुक्त सरकार गठनको सहमति भएको ६ दिनपछि यी दुई पार्टीले पूर्ण सम्झौता घोषणा गरेका हुन्।

सहमतिअनुसार पीएमएलएनका सहबाज सरिफ दोस्रो पटक प्रधानमन्त्री हुनेछन् भने बिलावलका पिता तथा पूर्वप्रधानमन्त्री बेनजिर भुट्टोका पति आसिफ अली जर्दारी राष्ट्रपति हुनेछन्। पहिले पनि उनी राष्ट्रपति थिए।

सरकारका प्रमुख पदहरु ककसले लिन्छन्, त्यसको घोषणा भने गरिएको छैन। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .