ग्लोबल


किभमा फेरि रुसको आक्रमण, युक्रेनमा भागाभाग

किभमा फेरि रुसको आक्रमण, युक्रेनमा भागाभाग

रुसी आक्रमणबाट बच्न मेट्रो स्टेसनमा शरण लिएका युक्रेनीहरू। तस्बिर : रोयटर्स


नेपालखबर
चैत ११, २०८० आइतबार ११:५२, काठमाडौँ

रुसले युक्रेनको राजधानी किभमा फेरि आक्रमण गरेको छ।

रुसी सेनाले कीभमा शृङ्खलाबद्ध हवाई हमला गरेको हो। यसपछि युक्रेनले पूरै देशमा अलर्ट जारी गरेको छ।

आक्रमणका बीचमा किभमा बसोबास गर्ने युक्रेनीहरू शरण लिन मेट्रो स्टेसनतिर दौडिरहेको देखियो।

यसैबीच युक्रेनको छिमेकी राष्ट्र पोल्यान्डले पनि आफ्नो वायुसेना सक्रिय गरेको छ।

पोल्यान्डले आफ्नो सिमानामा रहेको युक्रेनी सहर लभिभमा रुसी हवाई हमला गरेपछि आफ्नो हवाई क्षेत्रको निगरानी बढाएको छ।

किभमा रुसी आक्रमण बिहान ५ बजे सुरु भयो। युक्रेनको सेनाले रुसको हवाई आक्रमणको कडा जवाफ दिएको जनाएको छ।

शुक्रबार पनि रुसले दर्जनाैँ मिसाइल प्रहार गरेको थियो।

जसका कारण बाँध नराम्ररी क्षति पुगेको छ। बाँध भत्किँदा जलविद्युत केन्द्र बन्द भयो र धेरै युक्रेनी क्षेत्र अन्धकारमा डुबेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .