ग्लोबल


हर्मुज स्ट्रेटमा इरानी सेनाले कब्जा गर्‍यो २५ जना सवार जहाज (भिडिओ)

हर्मुज स्ट्रेटमा इरानी सेनाले कब्जा गर्‍यो २५ जना सवार जहाज (भिडिओ)

फाइल फाेटाे


नेपालखबर
बैशाख १, २०८१ शनिबार २२:३८, काठमाडौँ

इरानी सेनाले शनिबार स्ट्रेट अफ हर्मुजमा एउटा कन्टेनर जहाज कब्जा गरेको छ।

इरानको यो कारबाही त्यस्तो बेला भएको हो, जतिबेला सिरियामा रहेको आफ्नो वाणिज्य दूतावासमा भएको आक्रमणको जवाफमा तेहरानले आक्रमण गर्ने डर बढेको छ।

यो कन्टेनर जहाजको नाम एमएससी एरिज हो, जुन संयुक्त अरब इमिरेट्स र इरानको बीचमा रहेको स्ट्रेट अफ हर्मुज हुँदै गइरहेको थियो। यो जहाज शनिबार बिहान कब्जा गरिएको हो। 

इरानको समाचार एजेन्सी आईआरएनएले एउटा भिडिओ जारी गरेको छ, जसमा हेलिकप्टर कन्टेनर जहाज माथि उडिरहेको र कम्तीमा तीन जना डोरी प्रयोग गरेर जहाजबाट ओर्लिरहेको देखिन्छ।

जहाज मर्मत गर्ने कम्पनी एमएससीले जहाजमा २५ जना चालक दलका सदस्य रहेको बताएको छ।

जहाज पोर्तुगाली झण्डा लगाइएको छ तर यो लन्डनमा रहेको अन्तर्राष्ट्रिय सिपिङ अपरेटर जोडिआक मारिटाइमको स्वामित्वमा छ, जसको मालिक एक इजरायली हुन्।

इरानी मिडियाका अनुसार यो अपरेसन रिभोलुसनरी गार्ड्सको नौसेना विशेष बलले गरेको थियो।

इजरायली सेनाका प्रवक्ताले इरानले परिस्थितिलाई थप तनावपूर्ण बनाएको परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।

बेलायती विदेशमन्त्री डेभिड क्यामरुनले इजरायलको युद्ध मन्त्रिपरिषद् सदस्य बेन्नी गान्ट्जसँग कुरा गरेका छन् र यो तनाव बढाउन कसैको हितमा नभएको बताएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .