ग्लोबल


इरानले इजरायलमा आक्रमण गरेपछि ह्वाइट हाउसमा आकस्मिक बैठक, बाइडेनले के भने?

इरानले इजरायलमा आक्रमण गरेपछि ह्वाइट हाउसमा आकस्मिक बैठक, बाइडेनले के भने?

नेपालखबर
बैशाख २, २०८१ आइतबार ८:६, काठमाडौँ

इरानले इजरायलमा गरेको आक्रमणलाई ध्यानमा राख्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा राष्ट्रिय सुरक्षा परिषदको आकस्मिक बैठक राखेका छन्।

ह्वाइट हाउसले इरानले अबको केही घण्टामा इजरायलविरुद्ध थप हवाई हमला गर्न सक्ने जनाएको छ।

बैठक लगत्तै अमेरिकी राष्ट्रपति बाइडेनले भने, ‘हामी इरानको धम्कीविरुद्ध इजरायलको सुरक्षाप्रति प्रतिबद्ध छौँ र हामी यसका लागि दृढताका साथ उभिन्छौँ।’ 

हेर्नुहोस् बाइडेनको टि्वट-

राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता एड्रियन वाट्सनले भने, ‘राष्ट्रपति जो बाइडेनलाई राष्ट्रिय सुरक्षा टोलीले सम्पूर्ण स्थितिमा निरन्तर अपडेट गरिरहन्छ।’

एड्रियनले अगाडि भने, ‘हाम्रो टोली इजरायली अधिकारीहरूसँग निरन्तर सम्पर्कमा छ। अन्य सहकर्मीहरूसँग पनि सम्पर्क राखिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .