ग्लोबल


इरानले आक्रमण गरेपछि इजरायलका प्रधानमन्त्रीले गरे बाइडेनलाई फोन

इरानले आक्रमण गरेपछि इजरायलका प्रधानमन्त्रीले गरे बाइडेनलाई फोन

अमेरिकी राष्ट्रपति बाइडेनलाई फोन गर्दै इजरायली प्रधानमन्त्री नेतान्याहु


नेपालखबर
बैशाख २, २०८१ आइतबार ९:४९, काठमाडौँ

इरानले इजरायलमा मिसाइल प्रहार गरेपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनलाई फोन गरेका छन्।

इजरायलका प्रधानमन्त्री नेतन्याहुले फोनमा कुराकानी गरेको तस्बिर प्रवक्ताले सार्वजनिक गरेका छन्।

यसअघि अमेरिकी अधिकारीहरूले इरानले इजरायलमा दर्जनौं मिसाइल र ड्रोन प्रहार गरेको जानकारी दिएका थिए।

सीबीएस न्युजका अनुसार अमेरिकाले केही ड्रोन खसालिदिएको छ।

यद्यपि इरानले कुन किसिमको ड्रोन र मिसाइल प्रहार गरेको हो भन्ने अहिलेसम्म पत्ता लागेको छैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .